२७ भदौ २०८३, शनिबार 1789245968
Banner

मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी

काठमाडौं। मन्त्रिपरिषदको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न बैठक बसेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार बेलुकी ६ बजे संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।

सरकारी ढुकुटी नभरिएको अवस्थालाई ध्यान दिँदै कृषि उत्पादन र रोजागरी सिर्जनामा केन्द्रित भएको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपालिको नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित रहने बताउँदै आएका छन्।