१७ असार २०८३, बुधबार 1782938805
Banner

सुदूरपश्चिम प्रदेश सरकार आज विस्तार हुुर्दै

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार आज विस्तार हुने भएको छ। शुक्रबार नै गर्ने भनिए पनि सत्तारुढ दलबीच सहमति नजुटेपछि शनिबार मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो।

सुदूरपश्चिममा अहिले चार मन्त्रालय ​मन्त्रीविहीन छन्। छलफलमा माओवादीले र नागरिक उन्मुक्तिले २र२ र नेपाली कांग्रेसले १ मन्त्रालयको दाबी गरेका थिए। चार मन्त्रालयमा पाँच जनाको दाबी भएपछि सहमति जुट्न नसकेको हो।

बिहान ११ बजे शपथग्रहणको तयारी रहेको माओवादी संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए। उनका अनुसार माओवादी केन्द्रबाट झपटबहादुर साउद र रमेश सिंह धामी मन्त्री र गीतादेवी माल राज्यमन्त्री बन्ने छन्। कांग्रेसले पनि एक जनाको नाम टुंगो लगाउन बिहान १० बजे संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसले पृथ्वीबहादुर सिंहलाई मन्त्री बनाउने तयारी गरेको छ। कांग्रेस र माओवादीले नागरिक उन्मुक्तिलाई एक मन्त्रालयमा मनाउने प्रयास गरिरहेका छन्।