४ भदौ २०८३, बिहिबार 1787209671
Banner

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा मंगलबार मात्र दर्ता गरिने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा भोलि (मंगलबार) अदालतमा दर्ता गरिने भएको छ।

सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोजनको काम नसकिएको भन्दै भोलिमात्रै मुद्दा काठमाडौं जिल्ला अदालत लैजाने तयारी गरेको हो।

सरकारी वकिल कार्यालय प्रमुख एवं सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले आइतबार अभियोजनको काम नसकिएकाले सोमबार उक्त काम सकिने जानकारी दिए। जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार दिउँसो अनुसन्धान प्रतिवेदन कार्यालयलाई बुझाएको थियो।