काठमाडौँ। मंगलबार मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ। जसपा नेतृत्वको मधेस सरकारमा नेपाली कांग्रेसबाट दुई जना मन्त्रीसहित नेकपा एकीकृत समाजवादीका सांसदहरूलाई पनि मन्त्रिपरिषद्मा सहभागी गराउने तयारी भएको छ ।
जनमतको भागमा रहेको कृषि मन्त्रालय खासेर नेकपा (एसकीकृत समाजवादी)लाई दिइएको हो। सो पार्टीबाट गोविन्द न्यौपाने मन्त्रीमा शपथ लिने बताइएको छ। मुख्यमन्त्री यादवले सत्ताधारी दलसँग गरेको छुट्टाछुट्टै छलफलअनुसार नेकपा (एकीकृत समाजवादी)ले कृषि मन्त्रालय पाएको छ।
जसअनुसार कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले भौतिक पूर्वाधार विकास मन्त्री र कांग्रेसकै वीरेन्द्र सिंहले स्वास्थ्य मन्त्रीको रूपमा आजै शपथ लिने तयारी भएको छ।
मधेस प्रदेशका मुख्य मन्त्री सरोज यादवसँग भएको छलफल अनुसार काँग्रेसले दुई वटा मन्त्रालय पाएको र आजै शपथ हुने तय भएको सभापति यादवले जानकारी दिए।
यस्तै जनमतबाट कृषि मन्त्री रहेका वसन्त कुशवाहालाई विना विभागीय मन्त्री बनाउन लागिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ। यस्तै लोसपाले पनि एक मन्त्रालय पाएको छ। लोसपाले मन्त्रालय निश्चित नभएकाले नाम दिइसकेको छैन।