१० श्रावण २०८३, आइतबार 1785058737
Banner

मन्त्रिपरिषद् फेरबदल हुनसक्छ : प्रचण्ड

जनकपुरधाम । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् फेरबदल हुन सक्ने बताउनुभएको छ । मंगलबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
“कतिपय मन्त्रीसँग असन्तुष्टि छ ।

गठबन्धनभित्र पनि त्यो कुरा भइरहेको छ,” उहाँले भन्नुभयो, “दलको हैसियतानुसार शक्ति पनि बाँडफाँड गर्नुपर्छ ।” स्थानीय तह निर्वाचनमा तालमेल गर्न माओवादी केन्द्र तयार भए पनि कुन दलसँग गर्ने भन्ने टुंगो नलागेको उहाँको भनाइ थियो। तर, आफ्नै बलबुतामा चुनाव लड्ने विषयलाई पहिलो प्राथमिकतामा राखिने उहाँको भनाइ छ ।

नेपाली कांग्रेस लचिलो भएर आए तालमेल हुने प्रचण्डको भनाइ थियो ।