१४ श्रावण २०८३, बिहिबार 1785439120
Banner

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाबिरुद्ध मुद्दा दायर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

बुधबार सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने ठगी प्रकरणमा ३० जना प्रतिवादी बिरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दर्ता गराएको हो ।

उनीहरुबिरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहीत बिरुद्धको कसुर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, काँग्रेस नेता बालकृष्ण खाँण, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनाबिरुद्ध मुद्दा दर्ता गरिएको हो ।