९ मंसिर २०८१, आइतबार 1732466074
Banner

चरा ठोक्किएको आशंकामा बेंग्लोर उडेको जहाज काठमाडौं फर्कियो

काठमाडौंबाट भारतको बैंगलुरूका लागि उडेको नेपाल एयरलाइन्सको जहाज फर्किएको छ। 

एयरलाइन्सको उडान नम्बर २२५ को न्यारोबडी जहाजले १ बजेर ४५ मिनेटमा बैंगलुरूका लागि उडान भरेको थियो। 

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार जहाज करिब आधा घन्टाअघि विमानस्थलमा अवतरण गरेको हो।

जहाजमा चरा ठोकिएको प्रारम्भिक अनुमान गरिएको छ।