काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट पत्रकार संठगन प्रेस सेन्टर ललितपुर जिल्ला अध्यक्ष रामहरी कार्कीसहित सम्पूर्ण पदाधिकारीले राजीनामा दिएका छन् । काठमाडौं साखुमा चलिरहेको प्रेस सेन्टर नेपाल केन्द्रीय समितिको १९औं साधारणसभामा विमति राख्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।
संगठन विधिमा नचलेको, काम गर्नेलाई पाखा लगाएको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिएको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला केहि गतिविधि मार्फत यस जिल्लाको कार्य र प्रतिष्ठामा कमी ल्याई आत्मासम्मानमा ठेस पुन्याउने कार्य हुँदै आएकोप्रति यस जिल्ला समन्वय समितिको गम्भीर ध्यानकर्षण भएको छ । त्यसैले यस प्रेस विज्ञप्ती मार्फत भोलीका दिनमा पार्टीलाई आवश्यक पर्ने कार्यमा यस जिल्ला समन्वय समिति सदैव साथ रहने वचन व्यक्त गर्दै हालको परिस्थितीलाई मूल्याङ्कन गर्दा यस जिल्लामा कार्यरत प्रेस सेन्टर नेपालका पदाधिकारी आफनो जिम्मेवारीमा नरहि साधारण सदस्यको रुपमा मात्र रहने यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराउँदछौँ ।’