९ मंसिर २०८१, आइतबार 1732453539
Banner

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आम माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

dlGqkl/ifbsf] a}7s sf7df8f}F,( h]7 M l;+xb/af/df dª\unaf/ a;]sf] dlGqkl/ifbsf] a}7s . tl:a/M k|bLk/fh jGt÷/f;;

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले  कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीलाई आममाफीका लागि  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयाे ।

चौधरीलाई सजाय माफी गर्ने वा नगर्ने भन्नेबारे गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त सिफारिस गरेको हो । चौधरीलाई सजाय माफी दिने विषयमा सत्ता गठबन्धनमा यसअघि नै सहमति भइसकेको थियो ।

चौधरीले टिकापुर काण्डमा दोषी ठहर भइ जेल सजायँ भोगिरहेका छन् ।

जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी बन्दीको सजायँ माफ दिने गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजायँ माफ हुने संवैधानिक व्यवस्था छ ।