२६ जेष्ठ २०८३, मंगलबार 1781051040
Banner

लोकतान्त्रिक आन्दोलनको मुख्य शक्ति र मूलधार एमाले हो : ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कम्युनिष्टहरूमध्ये ठूलो पार्टी मात्र नभई लोकतान्त्रिक आन्दोलनको मुख्य शक्ति र मूलधार भएको बताउनुभएको छ । आज केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा हामी मुख्य शक्ति हौ, मुलधार हौ । लोकतान्त्रिक इतिहासको मूलधार हामीसँग छ । अबको चुनौतीको समाना गर्नुपर्ने अभिभारा पनि हामीसँग छ।’

उहाँले थुप्रै विषयहरू सत्तापक्षिय र जनविरोधी ढंगले प्रचार भइरहेको पनि बताउनुभयो।

उहाँले जनताको घरदैलोमा विकास पुर्‍याउने स्थानीय सरकारले भएको बताउनुभयो। उहाँले एमालेमा पहिले आठ लाख ५५ हजार सदस्य रहेकोमा अहिले बढेर ११ लाख सदस्य पुगेको बताउनुभयो ।

केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गर्ने, राजनीतिक प्रतिवेदनमाथि छलफल, विभागहरू गठन, स्थानीय निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया, घोषणापत्र तयारी, पार्टीको बार्षिक क्यालेन्डरको तयारीलगायत विषयमा छलफल भईरहेको छ ।