२७ भदौ २०८३, शनिबार 1789244478
Banner

बेपत्ता सिटीइभिटीका कर्मचारी खोज्न आजपनि टोली परिचालन

काठमाडौं । शुक्रबारदेखि बेपत्ता भएका सिटीइभिटीका कर्मचारी खोज्न आजपनि टोली परिचालन भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार हिजोराती अबेरसम्म कर्मचारी नभेटिएपछि स्थगित गरिएको खोजीकार्य आज बिहानैबाट सुरू भएको हो ।

अहिले सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीसहित ‍२४ जनाको टोली परिचालन गरिएको सिन्धुल प्रहरीले जनाएको छ । शुक्रबार बिहान साढे ११ बजे सिटिइभिटीको कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

गाडीमा सवार चार जनामध्य चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी घाइते छन्।उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल बेपत्ता छन्।