७ मंसिर २०८१, शुक्रबार 1732332977
राजनीति

स्थानीय चुनावमा वडादेखि केन्द्रसम्म को कहाँ खटिने ? (सूचीसहित)

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावका लागि पार्टीका वडादेखि केन्द्रसम्मका नेताहरुलाई एक तह मुनिको भूगोलमा खटिन निर्देशन दिनुभएको छ ।

पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्नुहुँदै अध्यक्ष ओलीले को कहाँ खटिने किटान गर्नुभएको हो । जसअनुसार भूगोलबाहेक गैर भौगोलिक कार्यक्षेत्र भएका सबै केन्द्रीय सदस्यहरु आफू सम्बद्ध जिल्लाको निर्वाचनमा केन्द्रित हुनुपर्ने छ ।

प्रदेश कमिटीका सबै सदस्यहरु आफू जुन जिल्लाको जुन पालिकाको मतदाता हो सोही पालिकामा गएर खटिनुपर्नेछ भने जिल्ला कमिटीका सदस्यहरु आफ्नो वडामा गएर खटिनुपर्नेछ ।

वडा कमिटीका सबै सदस्यहरु आफू रहेको टोलमा खटिनुपर्नेछ भने टोल कमिटीका सदस्यहरु घरधुरी बाँडेर निर्वाचन तयारीको काममा केन्द्रित हुनुपर्ने अध्यक्ष ओलीले बताउनु भएको छ ।

त्यस्तै विदेशमा रहेका मतदाता तथा समर्थकलाई स्वदेश फर्किन आह्वान गर्ने र सम्पर्क मन्चहरुमा आबद्ध नेता कार्यकर्ता आ–आफ्नो पालिकामा फर्केर निर्वाचनमा केन्द्रित हुने छन् ।

कुन सदस्य कहाँ खटिन्छन् ?

केन्द्रीय कमिटी सदस्य : जिल्लामा

प्रदेश कमिटी सदस्य : पालिकामा

जिल्ला कमिटी सदस्य : वडामा

वडा कमिटी सदस्य : टोल टोलमा

टोल कमिटी सदस्य : घर धुरीहरुमा

सम्पर्क मञ्च सदस्य : पालिकामा