१० मंसिर २०८१, सोमबार 1732537049
Banner

ईपीजीबारे हाइलेभलमा कुरा भएको छैन : प्रधानमन्त्री दाहाल


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हाइ–लेभल सम्वादका क्रममा ईपीजीबारे कुरा नगरेको स्वीकार गरेका छन् । तर सम्वाद नै भएन भन्नु गलत भएको उनको तर्क थियो । विश्वासको वातावरण बनाएर अघि बढ्नेगरी सकारात्मक माहोल बनेको प्रचण्डको भनाइ छ ।

हालै सम्पन्न भारत भ्रमणबारे राष्ट्रियसभालाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘ईपीजीबारे हाइ लेभलमा (कुरा) गरिनँ । किनभने माहौल राम्रो भइरहेको थियो । यसले खतरा होला जस्तो मलाई लाग्यो ।’

उनले अघि भने, ‘तर अरु लेभलमा गरेँ । विश्वासको राम्रो वातावरण बनाएपछि ईपीजी त कुन ठूलो कुरा भन्ने जवाफ पाएँ ।’