२८ भदौ २०८३, आइतबार 1789343540
Banner

एमालेमा भित्र्याउने निर्णय भए स्वीकार गर्ने वामदेवको तयारी

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरे आफू उक्त पार्टीमा जान तयार भएको बताएका छन् ।

बुधबार राष्ट्रियसभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा उनले ७० वर्षे उमेर हद निलम्बन भइरहे फर्किन तयार रहेको घोषणा गर्नु भएको हो।

उहाँले ७० वर्षे हट्नै पर्ने आफ्नो प्रस्ताव रहेको बताउनुभएको छ । ‘मेरो प्रस्ताव उमेर हद हट्नै पर्छ भन्ने थियो। उमेर हदका आधारमा कसैलाई विभेद गर्न पाइँदैन’, उहाँले भन्नुभयो, ‘यदि मलाई आउनुस् तपाईं पनि बाटो खुल्यो भनेछन् भने म एमालेमा फर्किन्छु।’

उहाँले आफूसँग एमालेको सदस्या यथावत रहेको बताउनुभयो। ‘पार्टी जोसँग उहाँले मलाई आइज भन्ने हो। मेरो सदस्यता अझै पनि त्यहीँ छ, अझै पनि त्यसको माया छ’, उहाँले भन्नुभयो, ‘मैले बनाएको पार्टी पूर्ण कम्युनिष्ट भइसकेको छैन। मलाई एमालेबाट हटाइसकेको छैन। मेरो सदस्यता अझै पनि एमालेमै छ। पोहोरसम्म सदस्यता शुल्क तिरिसकेको थियो।’

उहाँले यो वर्ष पनि सदस्यता नवीकरणका लागि श्रीमतीलाई पठाउने बताउनुभयो । ‘म आफू त जाने कुरा भएन। ‘मेरो पनि सदस्यता नवीकरण गर्न म उनलाई (श्रीमती तुलसा थापा) पठाउँछु। सदस्यता नवीकरण गर्छु’, उहाँले भन्नुभयो, ‘वामदेवलाई पनि अटाउन ७० वर्षे हटाइएको भनेको हो भने म त्यहँ योगदान दिन जान्छु।’