काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभाको सचेतकमा सुशीला थिङ मनोनीत भएकी छन् ।
कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले थिङलाई सचेतकमा नियुक्त गरेका हुन् ।
कमलामाइ नगरपालिका २, सिन्धुलीकी थिङ समानुपातिक सांसद हुन् । पार्टीमा केन्द्रीय सदस्य छन् ।