३ आश्विन २०८१, बिहिबार 1726804068
Banner

एमाले केन्द्रीय कमिटी बैठकमा आज चुनावी घोषणापत्रमा छलफल केन्द्रित हुने

काठमाडौँ । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकमा आज स्थानीय निर्वाचनको घोषणापत्र केन्द्रित छलफल हुने भएको छ ।

आज ९ वटा एजेन्डामा छलफल हुने कार्यसूची छ ।
बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेस भएको थियो भने प्रदेशगत रिपोर्टिङ प्रस्तुत गरिएको थियो ।
बैठकका एजेण्डामा सात वटा प्रदेशका प्रतिनिधिले संख्यात्मक र राजनीतिक प्रतिवेदन पेस गर्ने, पार्टी महासचिवले हेडक्वाटरको रिपोर्ट पेस गर्ने, अध्यक्षले राजनीतिक परिवर्तन बारे पार्टीको धारणा राख्ने, विभागहरुको गठन, स्थानीय तहको निर्वाचनको लगि सिफारिस प्रक्रिया र मापदण्ड, स्थानीय निकायको घोषणापत्र तयारी गर्ने, पार्टी स्थापना दिवस मनाउने लगायत छन् ।

घोषणापत्र भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरले संयोजक रहेको नीति अनुसन्धान प्रतिष्ठान र स्थानीय तह परिचालन विभागले बनाउने छ ।  जसमा सदस्यहरू युवराज ज्ञवाली, संयोजक (स्थानीय तह), प्रदीप ज्ञवाली, प्रमुख (पार्टी स्कुल विभाग), विष्णु रिमाल, प्रमुख (निर्वाचन विभाग), देवेन्द्र दाहाल, प्रमुख ( स्थानीय विकास विभाग),  प्रभु साह, सह इन्चार्ज (मधेस प्रदेश), मनोजजंग थापा, इन्चार्ज ( बुद्धिजीवी परिषद्), डा.युवराज खतिवडा, सदस्य(नीति अनुसन्धान प्रतिष्ठान),प्रभा बराल, उपप्रमुख (स्थानीय विकास विभाग), डा.दिनेशचन्द्र देवकोटा, अध्यक्ष(नेपाल बुद्धिजीवी परिषद्), ई.सुशील ज्ञवाली, (विज्ञ) रहनुभएको छ ।