१३ आश्विन २०८३, मंगलबार 11:49 pm
Banner

पार्टी विचलनमा फसेको भन्दै महराका स्वकीय सचिव शर्मा माओवादी परित्याग गरि एमाले प्रवेश

काठमाडौं– माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

काठमाडौंमा भएको एमाले केन्द्रीय कमिटी बैठक स्थलबाटै शर्मा आफ्नी पत्नी सीता चौधरीसहित एमाले प्रवेश गर्नुभएको हो ।

शर्मा माओवादी केन्द्र तुलसीपुर, दाङ उपमहानगर कमिटी अध्यक्ष हुनुहुन्थ्यो । चौधरी पनि प्रदेशस्तरीय नेता हुनुहुन्छ ।

पार्टी विचलमा फसेको भन्दै शर्माले माओवादी परित्याग गर्नुभएको थियो ।