८ असार २०८३, सोमबार 1782127907
Banner

नेपालमा मनसुन भित्रियो

काठमाडौं-यस वर्षको मनसुन प्रणाली भित्रिएको छ। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको हो ।

आज नेपाल आगमन भएको मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ।

यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिला गरि नेपालमा प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको अन्य भू-भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडि बढ्ने महाशाखाले जनाएको छ।

यसअघि गत दुई वर्ष लगातार औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण विभागले गरेको थियो। तर गत वर्ष औसतमै वर्षा भएको थियो। दशैंको बेलामा समेत वर्षा हुँदा जनजीवन प्रभावित भएको थियो।

अघिल्ला तीन वर्ष लानिनाको प्रभाव थियो। तर यस वर्ष अलनिनोको प्रभाव हुने सम्भावना रहेकाले वर्षा कम हुने प्रक्षेपण गरिएको मौसमविदको भनाइ छ। समुद्रको तापक्रम औसतभन्दा बढी हुनुलाई अलनिनो भनिन्छ। यसैको असर वायुमण्डलमा पर्दा वर्षा कम गराउँछ।