७ मंसिर २०८१, शुक्रबार 1732320919
Banner

थप सुझावका लागि अध्यक्ष ओलीले ७५३ वटै पालिकाका प्रतिनिधीसँग भर्चुअल बैठक गर्नुहुने

काठमाडौं । स्थानीय तहको निर्वाचनको घोषणा पत्रको सुझाव लिनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चैत १६ गते ७ सय ५३ वटै स्थानीय तहका प्रतिनिधीहरुसँग भर्चुअल बैठक गर्नुहुने भएको छ ।

आज सकिएको केन्द्रीय कमिटीका बैठकका निर्णयहरु सुनाउदै प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार सो जानकारी दिनुभएको हो । सबै पालिकाहरुका जनप्रतिनिधीहरुको सुझावका आधारमा स्थानीय तह निर्वाचनको घोषणा पत्र तयार गरिने भएको छ । चैत मसान्तसम्ममा घोषणा पत्रलाई अन्तिम रुप दिने रिजालले जानकारी दिनुभयो । त्यस्तै बैठकले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले चैत ३० गतेसम्ममा उम्मेद्वारको सिफारिस गरिसक्नु पर्ने जनाएको छ ।
केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मातहतका कमिटीलाई यस्तो निर्देशन दिनुभएको छ।