१० कार्तिक २०८१, शनिबार 1729987575
Banner

जन्ति बस दुर्घटनाहुँदा ६ जनाको मृत्यु

गोरखा- गोरखामा गए राति जन्ति बस दुर्घटनमा परेको छ ।

शहिद लखन गाउँपालिका ३ सिलिङ कोटगाउँबाट शहिद लखन गापा ५ पोखरी डाडाँ जन्ति फर्कने क्रममा सिलिङ र डाँडाबारीको बिचमा अमलडाँडा भन्ने ठाउँमा गाडी दुर्घटना भएको गोरखा प्रहरीले जनाएको छ । घटनास्थल मनकामनानजिकै पर्दछ ।

प्रहरीका अनुसार भीरमा धेरै मानिसहरु हताहती भएको तर मृत्यु हुनेको संख्या भने एकिन भएको छैन ।

२ जनाको सकुशल उद्दार गरिएको छ भने १२ जना घाइतेलाई उपचारको लागि तनहुँको खैरेनीमा पठाइएको छ । रातिको समय र पानी पनि परिरहेको हुनाले उद्दार कार्य कठिन भएको प्रहरीले जनाएको छ ।

अहिले जिल्लाबाट नेपाल प्रहरी, शसष्त्र पहरी र नेपाली सेनाको थप उद्दार टोली घटनास्थलतर्फ गएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।