१० कार्तिक २०८१, शनिबार 1729980908
Banner

आव २०८०/०८१ मा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्ष २०८०/०८१मा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाइसक्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षमा साइड क्लिेयर गर्ने कुरामा सरकारको गहिरो ध्यान छ ।’

उनले सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट सुनिश्चित गर्ने गरेको बताए ।

उनले राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट कम हुने अवस्थामा थप बजेट व्यवस्था गर्ने गरिएको बताए ।

रेल सेवा सञ्चालन गर्ने कुरामा सरकार सकारात्मक रहेको पनि उनले बताए । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरु र अन्य प्राथमिकता आयोजनाहरुको जग्गाअधिकरण मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको बताए ।

Tags :