२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 2:05 pm
राजनीति

विधान अधिवेशनको तयारीका लागि जसपाको केन्द्रीय समिति बैठक बस्दै

सूचना प्रेस २०८० असार ९ शनिबार ००:००, ०८:५६ बजे १ मिनेट पढाइ

काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रीय कार्य समितिको बैठक बस्दैछ। बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने जसपाले जनाएको छ ।

आइतरबारदेखि सुरू हुने विधान अधिवेशनको तयारीका लागि बैठक बोलाइएको हो ।

भोलिदेखि जसपाको विधान अधिवेशन सुरू हुँदैछ । त्यसैको तयारीअनुसार पार्टीको प्रस्तावित विधान, अरू दस्तावेजमाथि छलफल गर्न बैठक बोलाएको जसपाले जनाएको छ ।

जसपाको विधान अधिवेशन भोलिदेखि काठमाडौंमा हुँदैछ। राष्ट्रिय सभागृहमा हुने अधिवेशनको उद्घाटन दिउँसो १ बजे हुने उनले जानकारी दिए।