११ कार्तिक २०८१, आइतबार 1730031321
Banner

आज भीषण वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौँ । आज भीषण वर्षको सम्भावना रहेको छ । देभभरी नै यो सम्भावना रहेको भएपनि मुख्य तया ५ प्रदेशमा यो सम्भावना अधिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ।

जसको प्रभावले हाल कोशी र मधेस प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा सामान्यदेखि पूर्णतया बदली रहेको छ। बिहान लुम्बिनी, कर्णाली गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा बाढी तथा पहिरोको जोखिम रहने हुँदा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।