१० कार्तिक २०८१, शनिबार 1729966432
Banner

कोशी प्रदेश मुख्यमन्त्रीले असार १४ गते विश्वासको मत लिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन् ।

माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार १४ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वानका लागि सिफारिस गरेका हुन् ।

माओवादी र जसपाले साथ छाडेपछि जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुतपछि प्रदेशको बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशको बजेट ल्याएका छन् ।

माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा छन् । अल्पमतमा परेका उनले अध्यादेश मार्फत जेठ ३२ गते प्रदेशको बजेट ल्याएका थिए ।