२७ भदौ २०८३, शनिबार 1789245461
Banner

अर्थतन्त्र श्रीलंकाको जस्तो हुन्छ भन्ने भाष्य चिरेर जागेका छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले अर्थतन्त्र जागेको दाबी गरेका छन्। प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै आफू प्रधानमन्त्री हुँदा श्रीलंकाको जस्तो हुन्छ भन्ने त्रासकाबीच आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्र जागेको जिकिर गरे।

उनले भने, ‘सदनले मलाई सरकारको नेतृत्व दिँदै गर्दा देशमा गम्भीर आर्थिक संकटको स्थिती र एउटा भाष्य बनेको थियो। नेपालको नियति श्रीलंकाको जस्तै हुने भयो। यो भाष्य बौद्धिक वर्गमा मात्रै सीमित थिएन। आम नागरिकसम्म पनि पुगेको थियो। श्रीलंकाको तस्बिरले आम नागरिकलाई त्रसित बनाएको थियो। तर, हामीले त्यस्तो हुन दिएनौं। अर्थतन्त्र जागिसकेको छ। यो राष्ट्रकै उपलब्धि हो।’