१० कार्तिक २०८१, शनिबार 1729966850
पालिका

सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित

काठमाडौं । सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । बुधबार बसेको नगरसभाको बैठकले आगामी वर्षका लागि यसअघि नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट पास गरेको हो ।

सूर्यविनायक नगरपालिका मेयर वासुदेव थापाले १४औँ महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम र बजेट जस्ताको तस्तै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यकाल अब चार वर्षको रहेको बताउँदै उनले यो अवधिमा सञ्चारलगायत क्षेत्रबाट नगरको विकासका लागि प्राप्त सुझावलाई आफूले ग्रहण गरेको बताए ।

उनले भने, ‘हामीले ७७ वटै जिल्लाका नगरसभाका कुरा सञ्चारमाध्यमबाटै थाहा पाइरहेका छौँ । र हामीले कसैलाई पनि भेदभाव पनि गर्दैनौँ । हामीले अहिलेसम्म सकारात्मक सुझाव पाइरहेका छौँ । भोलिका दिनमा पनि सकारात्मक सुझाव पाउँछौँ भन्ने विश्वास लिएका छौँ ।’

राजनीतिक दल समाजसेवी बुद्धिजीवी पत्रकार कर्मचारी सबैको सहयोगका कारण नगरपालिका अघि बढेको उनले बताए ।
उनले भने, ‘तपाईहरुले बाँधा अड्चन गरिदिने, कर्मचारीले काम नगरिदिने, राजनीतिक दलले नारा जुलुस गरिदिएको भए नगरपालिकाको विकासको गति यो अवस्थाबाट अघि बढ्ने थिएन । हामी एउटै घरको परिवार एउटै दाजुभाइ यसमा कोही जनप्रतिनिधि, कोही कर्मचारी हुनुहुन्छ होला, कोही पत्रकार हौँला नेपाल आमाका सन्तान हामी सबै समान हुन्छौँ र हामी कसैलाई पनि भेदभाव गर्दैनौँ । सल्लाहबमोजिम चल्छौँ ।’

यस्तै, उपप्रमुख भट्टराईले आगामी वर्ष महिला, बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरुलार्य काुनी साक्षरता रोजगारी सिर्जना र आत्मसम्मान अभिवृद्धिका क्रियाकलाप सञ्चालन हुने बताइन् ।

यही असार १० गतेको नगरसभामा आव २०८०/८१ का लागि २ अर्ब १० करोड ५० लाखको बजेट पेस भएको थियो ।

नगरसभामा युवा, शिक्षा तथा खेलकुद, स्वास्थ्य,कृषि तथा पशुपन्छी विकास, उद्योग, उद्यमशीलता र रोजगारीलगायत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उल्लेखित रकम सार्वजनिक गरिएको थियो ।

जसमध्ये आन्तरिक स्रोतबाट १ अर्ब १० करोड ६९ लाख ३८ हजार, जिससबाट २ करोड, संघ सरकाकरो तर्फबाट ८४ करोड ४२ लाख १६ हजार र बागमती प्रदेशबाट १३ करोड ३८ लाख ४६ हजार गरी स्रोत जुटाउने नगरपालिकाले जनाएको छ ।

यस्तै, कुल बजेटमध्ये पुँजीगततर्फ एक अर्ब ११ करोड ९२ लाख ३३ हजार र चालूतर्फ ९८ करोड ५७ लाख र ६७ हजार निनियोजन प्रस्ताव गरेको छ ।

राजस्व परिचालनबाट २८ लाख ९८ लाख, घरजग्गा रजिस्ट्रेसनबाट ३८करोड, चालू आर्थिक वर्षको बचतबाट ४० करोड, नगद लागत सहभागिताबाट ३ करोड ७१ लाख ३८ हजार, संघ र प्रदेशबाट प्राप्त वित्तीय समानीकरण अनुदानबट २१ करोड ६६ लाख ७६ हजार, संघ र प्रदेशबाट प्राप्त सशर्त अनुदानबाट ३८ करोड १२ लाख ९४ हजार, प्रदेशबाट प्राप्त विशेष अनुदानबाट ५० लाख, संघ तथा प्रदेशको राजस्व बाँडफाँडबाट १५ करोड ५५ लाख ७२ हजार, समपूरक योजना कार्यान्वनका लागि जिल्ला समन्वय समिति र प्रदेशबाट ६ करोड, सामाजिक सुरक्षा कार्यक्रमबाट १७ करोड ३२ लाख २० हजार सडकबोर्डबाट ६३ लाख राजस्व संकलन हुने नगरले प्रक्षेपण गरेको छ ।

Tags :