१७ आश्विन २०८३, शनिबार 3:04 pm
Banner

कागेश्वरी मनोहरा नगरपालिकामा आज शोक बिदा

काठमाडौँ : आफ्नो वडाध्यक्षको निधनमा कागेश्वरी-मनोहरा नगरपालिकाले शुक्रबार बिदा दिएको छ। नगरपालिकाले सूचना जारी गरी वडा  नं. ७ का अध्यक्ष भीमसेन थापाको निधनमा शोक बिदा दिने निर्णय गरेको हो। 

नगरपालिकाअन्तर्गतका सबै वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद अस्पताल, सम्बन्धित कार्यालय तथा सामुदायिक विद्यालय शुक्रबार बन्द रहने सूचनामा उल्लेख छ।

डेढ वर्षदेखि क्यान्सरपीडित थापाको बिहीबार बिहान अस्पतालमा निधन भएको थियो। उनी नेपाली कांग्रेस काठमाडौं क्षेत्र नंं २ का सचिव पनि थिए।

बिहीबार उनको पार्थिव शरीरमा कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंह, महामन्त्री गगन थापा र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे। बिहीबार नै उनको अन्तिम संस्कार गरिएको छ।