२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:17 am
समाचार

हटायो महानगरले खुला मञ्चको कंक्रिट

सूचना प्रेस २०८० असार १५ शुक्रबार ००:००, १६:५० बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा बनाइएका कंक्रिट संरचना हटाएको छ।

दरबार हाई स्कुल बनाउने क्रममा चिनियाँहरूले बनाएको कंक्रिट संरचना हटाइएको हो । एक सातादेखि खुलामञ्चका कंक्रिट संरचना हटाउने काम भइरहेको छ।

खुलामञ्चको पश्चिमतिर भएको कंक्रिट संरचना सबै निकालिसकिएको छ । पूर्व भागमा बाँकी रहेको भोलिसम्ममा निकालिसक्ने महानगरले जनाएको छ ।

खुलामञ्चबाट निकालिएको कंक्रिट कीर्तिपुर नगरपालिकामा पठाउने महानगरको तयारी छ । यस्तै, नगरपालिकाले उक्त कंक्रिटले हिलो बाटो पुर्ने काम गरिरहेको छ।