काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष राउतबीच भेटवार्ता भएको थियो । नेताहरुका अनुसार भेटमा जनमत पार्टीको सरकारमा सहभागिताको विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री प्रचण्डसँगको छलफल सकारात्मक भएको भन्दै अध्यक्ष राउतले पार्टीका नेताहरुलाई ब्रिफिङ गरेको नेताहरुले पनि बताएका छन् ।