१० कार्तिक २०८१, शनिबार 1729973510
Banner

गुडिरहेको बसमा करेन्ट लागेर दुई जनाको मृत्यु, अन्य घाइते

काठमडौं । गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा दुई जनाको मृत्यु भएको छ ।

राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोलानजिक लत्रिएको विद्युत तारले रा१ख ८३४ नम्बरको बसमा बसलाई छुँदा करेन्ट प्रवाह भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सल्यान बिहीबार करेन्ट लागेर मृत्यु हुनेहरुमा रोल्पाको गंगादेब गाउँपालिका–४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगीको मृत्यु भएको हो ।

साथै, बसधनी सल्यान छत्रेश्री गाउँपालिका–६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली गम्भीर घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि दाङ पठाइएको प्रहरीले जनाएको छ ।

Tags :