१६ जेष्ठ २०८३, शनिबार 1780189726
Banner

एसइई उर्तिण विद्यार्थीलाई रुचिको विषय पढन अध्यक्ष ओलीको सुझाब

काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एइईको परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई बधाई दिनु भएको छ। अध्यक्ष ओलीले सामाजिक सञ्जाल मार्फत परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई बधाई दिनु भएको हो।

अध्यक्ष ओलीले बधाई दिनुहुँदै सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘एसईईको परीक्षणमा सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने प्यारा भाइबहिनीहरूमा हार्दिक बधाई !अबको पढाइमा विषय छनौट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिन्छु। शिक्षामा आफूले छनौट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस् । जीवनका सम्पूर्ण परीक्षा सफल होउन्, उत्तरोत्तर प्रगतिको कामना !’

 माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक गरेको थियो।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ। जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ।