२३ भदौ २०८३, मंगलबार 1788877676
Banner

चीनका विदेश मन्त्री वाङ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपालको तीन दिने भ्रमणमा रहनुभएका चीनको राज्य परिषद्का सदस्य एवं विदेश मन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता सुरु भएको छ ।

विदेश मन्त्री वाङले बिहान ११ः१० बजेदेखि होटल मेरियटमा ओलीसँग भेटवार्ता गर्नुभएको हो । भेटमा नेपाल–चीन द्विपक्षीय हितबारे छलफल हुने बताइएको छ ।

भेटमा एमालेको तर्फबाट अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्य एवं विदेश विभागका प्रमुख डा.भट्टराई, पूर्व राजदूत डा.अन्जान शाक्य, एमाले केन्द्रीय सदस्य एवम् मदन भण्डारी फाउण्डेसनको सचिव पेम्बा लामा र विदेश विभाग सदस्य एवम् फाउण्डेसनका अध्यक्ष उषा किरण भण्डारी सहभागी हुनुहुन्छ ।