११ कार्तिक २०८१, आइतबार 1730059884
Banner

समाजवादी मोर्चाको पहिलो बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको समाजवादी मोर्चाको बैठक सुरु भएको छ । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा आबद्ध मोर्चाको बैठक सुरु भएको हो । 

बैठकले मोर्चाको संगठनका बारेमा निर्णय लिने बुझिएको छ । बैठक आलोकनगर, शान्तिनगरमा बसिरहेको हो । 

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चाको पहिलो बैठक बसेको हो ।

बैठकमा चार पार्टीका अध्यक्षसँगै अन्य शीर्ष नेताहरु सहभागी छन् । ४ असारमा चार पार्टीले मोर्चाको घोषणा गरेका थिए ।