२७ भदौ २०८३, शनिबार 1789256220
Banner

डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी

काठमाडौं। डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी परेका छन्।

दीपायल सिलगढी नगरपालिका-५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी परेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बिरामी परेका ११ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिए। उनकाअनुसार उनीहरूको अवस्था मध्यम छ।