१० कार्तिक २०८१, शनिबार 1729987552
Banner

१ बजेसम्म श्रद्धाञ्जलीका लागि दाहालको पार्थिव शरीर पेरिस डाँडामा राख्ने

काठमाडौं । हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)का सल्लाहकार एवं पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) की जीवनसंगिनी सीता दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पेरिस डाँडामा राखिने भएको छ ।

आज बिहान ८ः३३ बजे निधन भएको उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।