सुर्खेत : नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको दैलेख जिल्ला सभापतिमा दिनेश हमाल निर्वाचित भएका छन्। बिहीबार भएको जिल्ला अधिवेशनले उनलाई सर्वसम्मत सभापति निर्वाचित गरेको हो।
हमाल पूर्वमहाधिवेशन प्रतिनिधि हुन् । यसअघि जिल्लाका दुई वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको थियो। क्षेत्रीय अधिवेशनबाट निर्वाचन क्षेत्र नम्बर १ मा विनोदकुमार मल्ल र निर्वाचन क्षेत्र नम्बर २ मा नैनबहादुर शाही क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए।

