२० आश्विन २०८३, मंगलबार 3:05 pm
Banner

ललिता निवास प्रकरण : आरोपितलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं– ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

न्यायाधीश दयाराम ढकालको इजलासले मिनबहादुर गुरुङ सहित १७ जनालाई सरकारी कागजात कीर्तेको उजुरीमाथि अनुसन्धानका सिलसिलामा थुनामा राख्न अनुमति दिएको हो ।

असार १२ मा केही आरोपितलाई पक्राउ गरी प्रहरीले मुलुकी ऐन २०२० को किर्ते सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएकोमा काठमाडौं जिल्ला अदालतले संगठित अपराध समेत जोडेर उनीहरूमाथि अनुसन्धानका लागि अनुमति दिएको थियो ।

त्यसयता दुवै कसूरमा आरोपितमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ ।