८ मंसिर २०८१, शनिबार 1732403779
Banner

वडावासीले पानी खान पाउनुपर्छ भन्ने मेरो मुख्य माग हो : मदन गुरुङ

काठमाडौं । टोखा नगरपालिका काठमाडौं महानगरसँगै जोडिएको नगरपालिका हो । महानगरसँग जोडिएकै नाताले टोखावासी महानगरस्तरकै सेवा प्राप्त गर्ने चाहना राख्छन् । टोखा वडानम्बर ५ मा भएका विकास निर्माण, तथा सेवा प्रवाहलगायतमा केन्द्रित भई वडाध्यक्ष मदन गुरुङसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ सूचना प्रेसले उनीसँग गरेको कुराकानीको संपादित अंश उनकै शब्दमा :–

स्थानीय तहको निर्वाचन जितेपछिको यो एक वर्षको समयावधि औषत रह्यो । टोखाको ५ नम्बर वडा धार्मिक स्थल भएको वडा हो । यहाँ धापासी मन्दिर, कल्किनारायण मन्दिर, वसुन्धरा मन्दिर छन् । यही मन्दिरका नामले यस क्षेत्रलाई चिनिन्छ । हामी यिनको प्रवद्र्धन गर्ने प्रयत्नमा छौँ ।

त्यस्तै पछिल्लो समय चोरीका घटना नियन्त्रण हुनुपर्छ भन्ने आवाज उठेपछि चोर नियन्त्रणका लागि सिसी क्यामेरा जडान गरेका छौँ । तर, केवलवालाहरुले भ¥याङ हालेर कहिले यता त कहिले उता फर्काइदिनाले केही समस्या आएका छन् । मेरोे आफ्नो कार्यकालमा जनताका समस्या समाधान गर्न सकूँ भन्ने मुख्य संकल्प छ । काम गर्ने क्रममा कतिपय काम ढिला भएका छन् । जसले गर्दा वडाको सक्रियता कम भएको हो कि भन्ने लाग्न सकछ । मैले कुनै पनि काम गर्दिनँ भन्ने हुँदैन तर, कतिपय काम प्रक्रियाका कारण ढिलाइ हुँदा सेवाग्राहीमा यस्तो पर्न गइरहेको छ । यसका लागि माफी चाहन्छु ।

संघ प्रदेश र स्थानीय तहबीचको समन्वय नै संघीयता हो । कतिपय काम वडा र पालिकाको बजेटले मात्रै पनि गर्न असम्भव हुँदो रहेछ । अहिले हामीलाई एउटा क्रियापुत्री भवन आवश्यक छ । यसका लागि संघीय सरकारसँग पहल भइरहेको छ ।

वडावासीको पानी खान पाउनुपर्छ भन्ने मुख्य माग
टोखा नगरपालिकामा खानेपानीको समस्या बिकराल छ । यसपालि खानेपानीकै लागि भनेर ४० लाखको बजेट छुट्याइएको छ तर, खानेपानी ट्याङ्की निर्माणका लागि जग्गाको अभाव छ । त्यसका लागि करिब ६ आना जग्गा चाहिन्छ । खानेपानी समस्या समाधानका लागि आफ्नै स्रोतबाट खानेपानी स्रोतको पहिचान र सम्वद्र्धन तथा प्रवद्र्धनका क्रममा छौँ ।

तीन तहसँगको कुरा गर्दा हामीले खानेपानीका स्रोत पहिचान गरेका छौँ । पाइपलाइन विस्तार पनि गरेका छौँ । सार्वजनिक ठाउँ हामीले उपलब्ध गराएका छौँ । हाम्रै सक्रियताका कारण प्रत्येक घरमा पानी पुगेको छ । मिटरमा उठेको पैसा केयुकेएलले लैजान्छ । उहाँहरुले बत्तीको पैसा पनि तिर्नुहुन्नँ । करिब २ महिनाअघि विद्युत् प्राधिरणले विद्युत नतिरेको भनेर बत्ती नै काटिदियो । जसका कारण ५ नम्बरवासीले समस्या भोग्नुप¥यो । केयुकेएलले पैसा उठाएपछि कम्तिमा बत्तीको पैसा तिरदिएहुन्थ्यो भन्ने लाग्छ ।

हामीले सेवाग्राहीलाई जतिसक्दो सेवा दिने प्रयत्न गरेका छौँ । शहरी क्षेत्र भएकाले दिनभर अफिस वा काम गरेर वडाको कामका लागि बेलुका आउने चलन बढी छ । उहाँहरुलाई हामीले ५ बजेसम्म सेवा दिने गरेका छौँ । पुनर्निर्माणका काम जिम्मेवारी लिएकाहरुबाट समयमा नसक्दा केही आलोचित पनि हुनुप¥यो । सेवा प्रवाहका क्रममा कतिपय अवस्थामा आलोचना व्योहोर्नुपर्छ त कतिपय अवस्थामा प्रसंसा पनि । जनप्रतिनिधि भईसकेपछि सबै खाले गुनासो सुन्दै जनताको हित हुने र चुनावमा गरेका प्रतिवद्धता पुरा गर्ने अभियानमा निरन्तर सक्रिय छौं ।