८ मंसिर २०८१, शनिबार 1732411566
Banner

बञ्चरेडाँडामा आजदेखि फोहोर फाल्न रोक

काठमाडौं । आजदेखि सिस्डोल र बन्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर फ्याँक्न प्रतिबन्ध लगाइएको छ । संघीय सरकारले व्यवस्थापनमा चासो नदिएको र काठमाडौं महानगरपालिकासहितका स्थानीय तहले अव्यवस्थित तवरले फोहोर फालेको भन्दै नुवाकोटको ककनी गाउँपालिकावासी र धादिङ धुनीबेसी १ नम्बर वडावासीले विसर्जनमा रोक लगाएका हुन । उनीहरूले आज बिहानैदेखि ककनी गाउँपालिका र धुनीबेसीको सीमानामा अवरोध गरेका हुन्।

स्थानीयको अवरोधका कारण काठमाडौंबाट फोहोर बोकेर गएका कन्टेनर बीच बाटामै रोकिएका छन्। ककनी–३, ५ र धुनीबेसी–१ का स्थानीय विरोध प्रदर्शनमा उत्रिएपछि सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।