१९ आश्विन २०८३, सोमबार 4:59 am
Banner

मिटर व्याजसम्बन्धी ऐन राष्ट्रिय सभाबाट पुनः पारित

काठमाडौं । मिटर व्याजसम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः स्वसहमतिले पारित भएको छ ।

प्रतिनिधिसभाले संसाधनसहित पारित गरी राष्ट्रिय सभामा पठाएको सो विधेयक पुन पारित गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सभामा प्रस्तुत गरेको विधेयक राष्ट्रिय सभाबाट पुनः पारित गरेको हो ।

यसअघि सभाले प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार गरेको थियो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयकमाथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।

विधेयक पारित भएसँगै अब राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि जानेछ । राष्ट्रिय सभाको बैठक साउन १८ गते बिहीबार १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।

Tags :