८ मंसिर २०८१, शनिबार 1732351852
Banner

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले मौखिक आदेशकै भरमा कार्यालय भवन भत्काउन नमिल्ने बताएका छन् ।

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यालयमा डोजर चलाउने तयारी गरेपछि राप्रपाले कानुनी आधार मागेको हो ।

“महानगरले प्रक्रिया पूरा गरेकै छैन । हामीले कानुनको प्रक्रियाबमोजिम लिखित कारण खुलाउनुपर्‍यो भनेका छौँ । मौखिक रूपमा आएर मात्र घर खाली गराउन भएन,” लावतीले भने, ‘कानुनको अधिनमा राप्रपा पनि छ र महानगरपालिका पनि हुनुपर्छ ।’

उनले महानगरको मौखिक उर्दीपछि शान्ति सुरक्षाको माग गर्दै पार्टीले सम्बन्धित निकायलाई जानकारी गराइसकेको बताए ।

महानगरले नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइन भएको स्थाननजिकै कार्यालय भवन रहेको भन्दै भत्काउन लागिएको जनाएको छ ।