१० कार्तिक २०८१, शनिबार 1730002411
Banner

प्रतिनिधिसभा बैठक २६ गते १ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि स्थगित भएको छ । बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध गरेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको हको ।

क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै उसले संसद् अवरोध गरेको हो ।

बैठक सुरु हुनेबित्तिकै एमालेले समय लिएर बोलेको थियो । पार्टीको तर्फबाट सूर्यबहादुर थापा क्षेत्रीले उच्चस्तरीय छानबिन समिति नबनेसम्म बैठक चल्न नदिने बताए ।

उनी बोलिरहँदा नेपाली कांग्रेसका सांसदहरु उठेर विरोध जनाएका थिए । त्यसपछि एमालेले वेल घेराउ गरेको हो । साथै, एमालेले नाराबाजी पनि गरिरहेको छ ।