काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिकामा करेन्ट लागेर छ वर्षीय बालिकाको मृत्यु भएको छ । गाउँपालिका–२ जर्लैया बस्ने चाँद अलि भाँटको छोरी साहिना खातुनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर अगाडि नल्कामा जडान गरिएको पानी तान्ने मोटरबाट नुहाउने क्रममा अचानक नातिनी र हजुरआमालाई करेन्ट लाग्दा नातिनी साहिना खातुनको मृत्युु भएको र हजुरआमा ४८ वर्षीय अन्जुम भाँट घाइते हुनुभएको परिवारले जनाएको छ ।