१८ आश्विन २०८३, आइतबार 9:49 am
Banner

सांसद शर्मा पक्राउबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। पार्टीका सांसद डा.सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।

यसअघि शनिवार बस्ने भनिएको बैठक आइतबारका लागि सारिएको हो। आइतबारको बैठकले शर्माको पक्राउबारे आधिकारिक धारणा बनाउने छ।

नक्कली सर्टिफिकेट प्रकरणमा डा.शर्मालाई प्रहरीले पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौंको आदेशमा शर्मा पक्राउ परेको २ दिनमा नै थुनामुक्त भएका थिए।