११ कार्तिक २०८१, आइतबार 1730030770
Banner

डेंगी संक्रमितको संख्या १४ हजार नजिक

काठमाडौं । डेंगी संक्रमितको संख्या १४ हजार नजिक पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले जनवरीयता १४ अगस्टसम्म १३ हजार ७९७ जना संक्रमित भएको बताएको छ । जुनयता मात्रै डेंगीका कारण १२ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये सबैभन्दा बढी सुनसरीको धरान उपमहानगरपालिकाका नागरिक छन् । उपमहानगरको तथ्यांकअनुसार जेठयता साउन ३० सम्म ११ हजार ३७३ जनामा संक्रमित भएका छन् ।

संक्रमितको संख्या बढ्दै जाँदा काठमाडौं उपत्यका पनि रेड जोनमा परेको छ । संक्रमित धेरै भएका १० जिल्लामा सुनसरी, मोरङ, धादिङ, झापा, कास्की, धनकुटा, काठमाडौं, ललितपुर, संखुवासभा र दार्चुला छन् । यी जिल्लामा १२ हजार ३२७ संक्रमित छन्, जमसध्ये उपत्यकाका तीन जिल्लाका ३९५ जना छन् ।

Tags :