१० कार्तिक २०८१, शनिबार 1730002108
Banner

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । आजबाट लगातार सुनुवाइ हुने भनिएको सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

अदालतमा पीडित गौशाला २६ कि आमाको जन्ममिति फरक फरक देखिने कागजातहरु पेश भएको, गौशाला २६ को जन्म हुँदाको अस्पतालको दर्ता किताबको विवरण पनि अस्पष्ट भएकाले मुद्दाको सुनुवाइ रोकिएको बताइएको छ ।

त्यसलाई थप स्पष्ट पार्नुपर्ने भन्दै बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासको सुनुवाइ स्थगित गरिएको हो । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै एक किशोरीले गत वर्ष भदौमा जाहेरी दिएकी थिइन् ।

सो मुद्दामा जिल्ला अदालत काठमाडौंमा भएको सुनुवाइ पटक पटक सरेका कारण हालसम्म अन्तिम फैसला आएको छैन ।