१० कार्तिक २०८१, शनिबार 1729980836
Banner

सभामुखले सचेतक र प्रमुख सचेतकसँग गरेको छलफल निष्कर्षविहीन

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्को अवरोध खुलाउन सुरु गरेको छलफल विनानिष्कर्ष सकिएको छ ।

दलका प्रमुख सचेतक र सचेतकसँग सभामुखले गरेको सो छलफल विनानिष्कर्ष सकिएको हो ।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक र प्रमुख सचेतकको सहभागिता थियो ।

सदनको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि अहिले राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग छलफल गर्दैछन् ।

Tags :