८ मंसिर २०८१, शनिबार 1732348249
Banner

भारतमा हुने जी–२०शिखर सम्मेलनमा रुस सहभागी नहुने

काठमाडौं । भारतको नयाँदिल्लीमा हुने जी–२० मा रुस सहभागी नुहने भएको छ ।

आउँदो महिना सेप्टेम्बर ९ र १० मा भारतको नयाँ दिल्लीमा हुने जी–२० शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका हुन् । अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमहरुका अनुसार पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर विश्वका प्रमुख २० अर्थतन्त्रहरूको समूह जी–२० को सम्मेलनमा सहभागी नहुने बताएका हुन् ।

यस वर्ष भारतले आयोजना गरिरहेको शिखर सम्मेलनमा पुटिनले आफ्नो तर्फबाट विदेशमन्त्री सर्गेई लाभरोभ सहभागी हुने बताएका छन् ।

दुई नेताले आपसी हित एवं क्षेत्रीय र विश्वव्यापी मुद्दामा पनि छलफल गरेको बताइएको छ । रुस सरकारका प्रवक्ताले गत हप्ता पुटिन व्यस्त कार्यतालिका कारण शिखर सम्मेलनमा सहभागी नहुने भनेका थिए । जी–२० विश्वका १९ धनाढ्य मुलुक र युरोपियन युनियन समावेश छ ।

Tags :