११ कार्तिक २०८१, आइतबार 1730030859
Banner

भोलि एसिया कपअन्तर्गत पाकिस्तान र भारत भीड्ने

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भोलि भारत र पाकिस्तान भिड्ने भएका छन् । उनीहरु दुवै उपाधि दावेदार पनि हुन् ।
राजनीतिक सम्बन्ध दुश्मनीपूर्ण भएका छिमेकी देश भारत र पाकिस्तानको क्रिकेट भिडन्त सधैं प्रतिक्षित हुने गर्छ ।

भारतले पाकिस्तान भ्रमण नगर्ने अडान लिएपछि एसिया कपको आयोजना नै लामो समयसम्म अनिश्चित बनेको थियो । अन्ततः भारतका म्याचहरु श्रीलंकामा राख्ने सहमतिमा प्रतियोगिता अघि बढेको हो । भारत र पाकिस्तानबीचका खेलहरु पनि श्रीलंकामा नै हुनेछन् ।

यस प्रतियोगितामा तीन पटक भारत(पाकिस्तान आमनेसामने हुन सक्ने समीकरण छ । दुवै टीम एउटै समूहमा भएकाले समूह चरणमा उनीहरु पहिलो पटक भिड्नेछन् ।

दुवै टीम सुपर फोरमा छनोट हुने बलियो सम्भावना छ । सुपर फोरमा पुगेका चार टीमले एकापसमा खेल्नुपर्ने हुन्छ । त्यहाँ भारत र पाकिस्तान फेरि भेट हुनेछन् । र, यदि दुवै टीम फाइनलमा पुगेको खण्डमा उपाधिका लागि भिड्नेछन् ।

Tags :