१० कार्तिक २०८१, शनिबार 1730001857
राजनीति

आइतबारका लागि सर्यो, कोशी सरकारविरुद्धको रिटको सुनुवाइ

काठमाडौं । कोशी सरकारविरुद्धको रिटको सुनुवाइ आइतबारका लागि सरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आज इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो । त्यसपछि रिटको सुनुवाइ आइतबारको लागि सारिएको हो ।

शुक्रबार कोसी सरकारविरुद्धको रिटको सुनुवाइ न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र सुष्मलता माथेमाको इजलासमा परेको थियो ।

रिटको प्रारम्भिक सुनुवाइको बेला आफूले धारणा राखिसकेको बताउँदै न्यायाधीश खतिवडाले शुक्रबार सुनुवाइ गर्न अस्वीकार गरेका थिए ।

Tags :